स्वास्थ क्षेत्रमा लाञ्छना तथा भेदभाव न्युनिकरण तालिममा यहाँलाई हार्दिक स्वागत छ ।

यो तालिम जेठ २४ गते, २०७८ (सोमबार) साँझ ५:00 सम्म खुल्ला रहने छ र स्वत: बन्द हुनेछ।

यो तालिम स्वास्थकर्मीहरुलाई लक्षित गरी तयार पारिएको हो । यो जुनै पनि तहको स्वास्थकर्मीले लिन सक्नु हुनेछ ।


तालिम प्रशिक्षणार्थीहरुले आफ्नो पायक पर्ने समय, ठाउँ र परिस्थितिमा सहुलियतकासाथ लाञ्छना तथा भेदभाव न्युनिकरणका बारेमा तालिम लिन सकुन भन्ने उदेश्यले यो अनलाईन तालिम तयार पारिएको हो । यो तालिम पुरा गर्न करीब ६ देखि ८ घण्टाको समय लाग्न सक्दछ । प्रशिक्षणार्थीहरुको यस विषयमा ज्ञान र अनुभव अनुसार कम वा धेरै समय लाग्न सक्छ । यो तालिम एकै दिनमा पनि सक्काउन सकिन्छ वा दिनमा केहि घण्टा दिई अर्को दिन फेरी लग इन गरी जहाँ छोड्नु भएको तेहीबाट पुन शुरु गरी पुरा पनि गर्न सक्नुहुन्छ ।

तालिम लिन अघि प्रशिक्षणार्थीहरुले यस पृष्ठको दाहिने ठाँउमा ईमेल राखि साइन अप गर्नु पर्ने छ । यदी तपाईंको फेसबुक वा अरु कुनै सामजिक सञ्जाल छ भने ईमेल नराखी सिधै त्यसबाट पनि साइन इन गर्न सक्नु हुने छ । यो प्रकृया पुरा भए पछी तपाईंको प्रोफाइल बन्ने छ । त्यसपछी तालिम शुरु गर्न सक्नुहुनेछ ।


तालिम पुरा भइसकेपछि अन्त्यमा डिजिटल प्रमाणपत्र उपलब्ध गराइने छ​।